सुदूरपश्चिममा विसु पर्वको चहलपहल बढ्यो

चैत २४ काठमाडौं ।
सुदूरपशिचममा विसु पर्वको चहलपहल बढेको छ। विसु पर्व सुदूरपश्चिमेलीले धुमधामसँग मनाउँछन्।

विसु पर्व नजिकीए सँगै घर लिपपोतको चटारो छ। भने रोजगारी, शिक्षा लगायत क्षेत्रमा घर बाहिर रहेकाहरु लागि घर फर्केने क्रम बढेसँगै चहलपहल बढेको हो।

नयाँ वर्ष आउनुभन्दा पहिले नै घर लिपपोत गरेमा वर्षभरी नै सुख, शान्ति र समृद्धि कायम हुन्छ भन्ने जनविश्वासका साथ यो पर्व मनाउने प्रचलन रहेको छ।

विसु पर्व आउनुपूर्व नै सुदूर पहाडका घर रातो माटो र कमेरो माटोले रंगिन थालेका छन्। चैत सुरु भएदेखि नै घर लिप्ने र पोत्ने काम सुरु हुन्छ भने यो काम चैत महिनामा नै सक्नुपर्छ।

चैत सुरु भएपछि घर लिपपोत गर्नका लागि धेरै टाढासम्म कमेरो र रातोमाटो लिन जाने गरेको पाटन–८ का स्थानीय लक्ष्मी भट्टले बताउँछिन्। ‘बरु बडादसैँका बेलामा खासै लिपपोत गर्दैनौँ, तर चैतमा त जसरी नी लिप्नुपर्छ।

भट्टले भनिन्, ‘अब यो चलन कम होला जस्तो छ, धेरैजसोले पुराना घरमा लगाएको माटो उप्काएर सिमेन्ट लगाएका छन्।’

विसु पर्वको अवसरमा बिहे गरेर गएका छोरी चेलीसमेत माइत जाने चलन छ। विसु तिहारकै दिन कूलदेवताको पूजा गरी ‘गतानी डुब्का’ (स्थानीय खानाको परिकार) खाने चलन छ।

विसु पर्वका अवसरमा सुदूरपश्चिमका डोटी, दार्चुला, अछाम, डडेलधुरा, बझाङ, बाजुरा, बैतडी, कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्दै आएका पहाडी समुदायले सिस्नु लगाउने प्रचलन पनि छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *