चैत २४ काठमाडौं ।
नेपालको लुम्बिनी पर्यटन प्रबद्र्धनमा थाई सरकारले सहयोग गर्ने भएको छ।
विगत देखि बुद्ध जन्मस्थल लुम्बिनीमा थाई सरकार र थाई समुदायले प्रचारप्रसार तथा लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि विभिन्न गतिविधि मार्फत योगदान पु¥याउँदै आएको छ।
धार्मिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय प्रवद्र्धनमा बुद्ध जन्मस्थल लुम्बिनीमा थाई सरकारका तर्फ बाट महत्वपूर्ण योगदान हुँदै आएको छ।
नेपाल र थाइल्याण्ड बीचको बौद्ध धर्म एवं दर्शनले जोडेको हजारौँ वर्षदेखिको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने काम गरेको जनाएको छ।
लुम्बिनीमा रहेका सबै अन्तरराष्ट्रिय विहारमध्ये सबैभन्दा आकर्षक र कलात्मक शैलीको मन्दिरमध्ये एक हो ।
थाई नागरिकका लागि बुद्ध जन्मस्थल धार्मिक आस्थाको प्रमुख केन्द्र बनेको छ । यसैले लुम्बिनी थाई पर्यटक र तीर्थयात्री दुवैका लागि महत्वपूर्ण गन्तव्य मानिन्छ।
सन् २०२४ सेप्टेम्बरमा, थाइल्याण्डका १७ भिक्षुहरूले लुम्बिनीमा तीनमहिने वर्षावास (वर्षा यामको व्रत) बस्दै ध्यान र प्रवचनमा समय बिताएका थिए।
लुम्बिनीको धार्मिक, सांस्कृतिक, पर्यटकीय प्रवद्र्धनमा थाई सरकारका तर्फबाट महत्वपूर्ण योगदान हुँदै आएको सदस्य सचिव सानुराजा शाक्य बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा तीन दिनअघि भएका विभिन्न सम्झौतामध्ये कृषि र पर्यटन क्षेत्रका सम्झौतामा लुम्बिनी क्षेत्रलाई समावेश गरिएको छ।
लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्य थाइल्याण्ड सरकारका तर्फ बाट पहिलेदेखि नै लुम्बिनी क्षेत्रमा कृषिमा लगानी गर्ने प्रस्ताव आएको र अहिले प्रधानमन्त्रीको भ्रमणका क्रममा भएका सम्झौताले अब उनीहरुको कार्यक्रम आउने सम्भावना रहेको बताएका छन्।