चैत २२ काठमाडौं ।
अमेरिकाले सयौं विद्यार्थीलाई देश छोड्न आदेश गरेको छ। अमेरिकी विदेश मन्त्रालयले भिसा रद्द भएको इमेल मेरिकामा अध्ययन गरिरहेको सयौं विदेशी विद्यार्थीहरुले अचानक आफ्नो एफ–१ (वद्यार्थी)लाई प्राप्त भएको जनाएको छ।
अमेरिकी विदेश मन्त्रालयले इमेल मार्चको अन्तिम सातातिर विद्यार्थीहरुलाई पठाएको हो। इमेलमा विद्यार्थीहरूलाई एफ–१ भिसा रद्द भइसकेको र तत्काल अमेरिका छोड्नुपर्ने निर्देशन स्पष्ट रूपले दिइएको जनाएको छ।
आदेशको पालना नगरेमा कानुनी कारबाही भोग्नुपर्ने चेतावनीसमेत इमेलमा दिइएको छ। सामाजिक सञ्जालमा ‘इजरायल विरोधी’ पोस्ट लाइक, सेयर वा कमेन्ट गरेका विद्यार्थीहरूलाई भिसा रद्द गरिएको इमेल पठाउँदै अमेरिका छाड्न भनिएको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोका अनुसार २६ मार्चसम्म ३०० भन्दा बढी ‘हमास समर्थक’ विद्यार्थीहरूको भिसा रद्द भइसकेको छ, जसमा भारतीय विद्यार्थीहरू समेत परेका छन्।
हार्वर्ड, कोलम्बिया, येल, क्यालिफोर्निया र मिशिगन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले यस्तो इमेल प्राप्त गरेका छन्। भिसा इमिग्रेसन एन्ड नेसनालिटी एक्टको धारा २२१(आई) अन्तर्गत रद्द गरिएको जानकारी इमेलमा उल्लेख गरिएको छ।
विद्यार्थीहरूलाई तुरुन्तै अमेरिका छोड्न, अन्यथा हिरासतमा लिइने चेतावनी दिइएको छ।