चैत १४ काठमाडौं ।
अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिले कुलमान घिसिङ बर्खास्तीको बिरोधमा प्रदर्शन गरेको छ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बाट कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिले प्रधानमन्त्री केपी शर्मा ओली र उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काको पुत्ला जलाएको छ।
विचौलिया र स्वार्थ समूहको हितका लागि कुलमानलाई हटाएर अन्याय गरिएको भन्दै उनीहरुले पुत्ला जलाएका हुन्। सो क्रममा उनीहरुले प्रधानमन्त्री र उर्जामन्त्रीविरुद्ध विभिन्न नाराबाजीसमेत गरेका थिए।
गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिसकेको छ।
तस्बिर स्रोत ः पेरिस गिरी