इजरायलले दक्षिणी लेबनानमा गर्यो हवाई आक्रमण

चैत १० काठमाडौं ।
इजरायलले दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको छ। यो हमलापछि इजरायल–लेबनान सीमा क्षेत्रमा तनाब बढेको छ।

उत्तरी इजरायलमा लेबनानको भूमिबाट हिजबुल्लाहले रकेट हमला गरेपछि आफूले पनि जवाफी हमला गरेको इजरायलले जनाएको छ।

इजरायलले लेबनानको टालिन, केफर मेल्की, म्लेता र वादी अल हुजेर नजिकको गाउँमा आक्रमण गरेको बीबीसीले जनाएको छ।

युद्धविराम उल्लंघन गरेको भन्दै दुवै देशले एकअर्कालाई दोष दिइरहेका छन्। लेबनानले आफूहरुलाई युद्धमा तान्न खोजेको भन्दै इजरायलको आलोचना गरेको छ।

यस अघि इजरायली सेनाले लेबनानबाट उत्तरी इजरायलको मेटुला शहरतर्फ रकेट आक्रमण भएको र त्यसलाई आकासमै नष्ट गरेको जनाएको थियो। इजरायलको आपतकालीन सेवाका अनुसार यो आक्रमणमा इजरायलतर्फ कुनै पनि हताहत नभएको जनाएको छ।

सिन्ह्वाका अनुवाका लेबनानमा शान्ति र स्थिरता बहाल गर्न दक्षिणी लेबनानमा सैन्य इकाइहरु थपिएको समाचार एजेन्सीले जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *