फागुन ६ काठमाडौं ।
अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलमोर घरफिर्ती भएका छन्। नौ महिना अन्तरिक्षमा बिताएका सुनिता विलियम्स बुच विलमोर पृथ्वीमा फर्किएका छन्।
चार अन्तरिक्ष यात्रीलाई लिएर आएको क्याप्सुल फ्लोरिडाको तट नजिक समुद्रमा अवतरण गरेको हो। अन्तरिक्ष यानबाट बाहिर निस्किंदा सुनिता विलियम्स र बुच विलमोरको अनुहारमा मुस्कान थियो। भने पृथ्वीमा आइपुग्न उनीहरूलाई १७ घण्टा लागेको बीबीसीले जनाएको छ।
नासाको वाणिज्य क्रू कार्यक्रमका प्रबन्धक स्टिभ स्टिचले क्रू सदस्यहरूलाई स्वागत र प्रशंसा गरेका छन्। सुनिता विलियम्स र बुच विलमोरले ५ जुन २०२४ मा परीक्षण यान स्टारलाइनर मार्फत अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) को यात्रा गरेका थिए।
त्यहाँ आठ दिन बिताएपछि उनीहरू फर्किनु पर्ने थियो, तर यानमा खराबी आएपछि उनीहरूको यात्रा ९ महिनासम्म रोकिएको थियो।