चैत ५ काठमाडौं ।
पोखरा प्रदर्शनी केनद्रमा रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी परियोजनाको थालनी भएको छ।
प्रदर्शनी केन्द्र पोखराको पुरानो स्वरुप तथा अन्य कार्यक्रम गर्ने स्थललाई बिग्रन नदिन सौन्दर्यीकरण गर्ने गरी कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपि) को आर्थिक सहयोगमा पोखरा महानगपालिकाले परियोजना सुरु गर्न लागेको हो।
हरित परियोजनामा झण्डै १० मिलियन अमेरिकी डलरको लगाी गरेर ३ हजारभन्दा बढीलाई रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको जनाएको छ। यही परियोजना अन्तर्गत कोसेली घरको शिलान्यास गरिएको छ। फोहोरबाट कोसेली बनाएर बेच्ने गरीे घरको निर्माण थालिएको हो।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवि गुरुङ, कोइका नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङ, युएनडिपीका एसिया क्षेत्रीय निर्देशक क्रिस्टोफर बहाइटले संयुक्त रूपमा पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शिलान्यास गरेका हुन्।
परियोजनाले हरित रोजगारी सिर्जनासँगै चक्रीय अर्थतन्त्रको निर्माणमा यसले महत्वपूर्ण योगदान गर्ने मेयर धनराज आचार्यको भनाइ छ।
संयुक्त राष्ट्रिय विकास कार्यक्रम (युएनडिपी) का एसिया क्षेत्रीय निर्देशक क्रिस्टोफर बहाइटले हरित अर्थतन्त्रमा योगदान पु¥याउने दिगो रिसाइकल र अप–साइकल (आरयू) उद्यमहरूलाई बढवा दिन यो परियोजना प्रभावकारी हुने बताएका छन्।
परियोजनामा कोइकाले ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर लगानी गर्ने छन्।