इजरायलले फेरि गर्यो गाजामा आक्रमण

चैत ५ काठमाडौं ।
इजरायलले फेरि गाजामा आक्रमण गरेको छ । युद्धविरामकै बीच इजरायलले गाजामा आक्रमण हो।

आक्रमणमा परि २३२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते भएको जनाएको छ। इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको जनाएको छ।

टाइम्स अफ इजरायलका अनुसार जनवरी १९ मा इजरायल–हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण भएको उल्लेख गरेको छ।

इजरायलले विगत दुई हप्तादेखि गाजामा खाद्यान्न, औषधि, इन्धन र अन्य आपूर्तिको प्रवाह रोकेको छ। हमासलाई युद्धविराम सम्झौतामा परिवर्तनहरू स्वीकार गर्न माग गरेको छ।

इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित गरिएको बताएको छ।
हमासले इजरायली हवाई आक्रमणलाई युद्धविरामको उल्लंघनको रूपमा वर्णन गरेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *