आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदै

चैत ५ काठमाडौं ।
आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सामुदायिक क्याम्पसमा हुँदैछ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ६२ आंगिक र एक हजार बढी सामुदायिक क्याम्पसमा विद्यार्थीहरूको प्रतिनिधिमूलक थलो स्ववियुको निर्वाचन हुँदैछ। मतदानको समय बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ।

काठमाडौं उपत्यकाका महेन्द्ररत्न क्याम्पस, जनप्रशासन, मीनभवन, आइओएम महाराजगञ्ज, पुल्चोक इन्जिनियरिङ, थापाथली इन्जिनियरिङ, सानोठिमी, पाटन संयुक्त, ललितकला आदिमा क्याक्पसमा चुनाव हुँदैछ।

उपत्यकाको त्रिवि केन्द्रीय क्याम्पस, रत्नराज्य, त्रिचन्द्र, शंकरदेव, पब्लिक युथ, सरस्वती, अमृत साइन्स, विश्वभाषा लगायत क्याम्पसमा तालाबन्दीका कारण निर्वाचन प्रभावित बनेको छ।

हरेक दुई–दुई वर्षमा स्ववियु चुनाव हुने गर्छ। विवादका कारण केही क्याम्पसमा २०६५ सालदेखि नै निर्वाचन हुन सकेको छैन।

उपत्यकाबाहिर मोरङ डिग्री क्याम्पस, पृथ्वीनारायण, ठाकुराम बहुमुखी क्याम्पस, महेन्द्ररत्न क्याम्पस इलाम, मकवानपुर बहुमुखी क्याम्पस लगायतमा चुनाव हुँदैछ। एक सय भन्दा बढी सामुदायिक क्याम्पसमा अध्यक्षसहित पदाधिकारी निर्विरोध चुनिइसकेका छन्।

विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुनेछ। विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ। जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिक बाट निर्वाचित हुनेछन्।

विश्वविद्यालय क्याम्पसमा छ हजार एक सय ४६ मतदाता रहेका जनाइएको छ। यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *