सरकारले जेठ २ देखि ४ सम्म सगरमाथा संवाद गर्ने

चैत ३ काठमाडौं ।
सरकारले जेठ २ गते देखि ४ गतेसम्म सगरमाथ संवाद गर्ने भएको छ। संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जनाको सहभागी हुने जानकारी गराइएको हो।

आज प्रधानमन्त्री कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको छ। कार्यक्रममा विभिन्न देशका विदेशमन्त्रीसहित विशेषज्ञहरू, परराष्ट्रमन्त्री, वनमन्त्री, जलवायु परिवर्तन विज्ञ र विशेषज्ञहरूलाई निम्ता गरेको परराष्ट्रसचिव अमृतबहादुर राईले जनाएका हुन्।

१५० देखि १७५ जनासम्म विदेशी पाहुना सगरमाथा संवाद कार्यक्रममा सहभागी हुने जनाएको छ। त्यस्तै मुख्यसचिव एकनारायण अर्यालले सगरमाथा संवादलाई जनताको साझा कार्यक्रमको रूपमा अगाडि बढाउने बताएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *