चैत ३ काठमाडौं ।
इसराइलले गजाको उत्तरी सहर बेइत लाहियामा हवाई आक्रमण गरेको छ। आक्रमण बाट ९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको हमासको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार समाचार संस्था रोयटर्सले जनाएको हो।
इजिप्टको राजधानी कायरोमा युद्धविरामको विषयमा वार्ता हुँदै गर्दा इसराइलले शनिबार राति गजाको उत्तरी सहर बेइत लाहियामा हवाई आक्रमण गरेको हो। इसराइली हवाइ आक्रमणमा परी अरू धेरै जना गम्भीर घाइते भएको र तीन जना स्थानी पत्रकार रहेको जनाएको छ।
इसराइलले गरेको हवाई आक्रमण एउटा कारमा परेको थियो। कारमा सवार रहेकाहरू एउटा च्यारिटी कार्यक्रममा जाँदै गरेको र सोही कारमा केही रिपोर्टर साथै फोटो पत्रकारहरु पनि रहेको जनाएको छ। कारमा रहेका सबैको मृत्यु भएको जनाएका छ।
इसराइली सेनाले विज्ञप्ति जारी गरेर बेइत लाहियामा दुई ’आतंककारी’लाई निशाना बनाइएको उल्लेख गरेको जनाएको छ। उनीहरू ड्रोन हमलावर भएको र ड्रोन लगायतका उपकरणहरू बोकेर गाडीमा छिरेको इसराइली सेनाको दाबी छ।
हमासद्वारा सञ्चालित गाजा सरकारी मिडिया कार्यालयकी प्रमुख सलमा मारौफले सेनाको उक्त दाबीलाई अस्वीकार गरेको छिन्। ’उक्त टोली च्यारिटीहरूमा काम गर्ने सर्वसाधारणहरुको समूह हो। जसले विभिन्न शिविरहरूमा मानवीय सहायतासम्बन्धमा काम गर्ने गरेको र उनीहरू निषेधित क्षेत्रमा नभएको जनाएको छ।’
हमासले इसराइलमाथि युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप लगाएको छ।