फागुन २८ काठमाडौं ।
त्रिचन्द्र कलेज स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को तर्फबाट श्रीधर श्रेष्ठको उम्मेदवारी घोषणा भएको छ।
त्रिचन्द्र कलेज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव नजिकिँदै गर्दा विद्यार्थी संगठनहरू आ–आफ्ना उम्मेदवारहरू घोषणा गरेका हुन्।
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले यसपटक स्ववियु सभापतिका लागि श्रीधर श्रेष्ठलाई आधिकारिक उम्मेदवारका रूपमा घोषणा गरेर चुनावी तयारी थालेको छ।
श्रेष्ठले त्रिचन्द्र कलेजका विद्यार्थीहरूको हकहित, शैक्षिक सुधार, पारदर्शी प्रशासन र भौतिक पूर्वाधार विकासलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएका छन्।
“हाम्रो प्राथमिकता भनेको विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाको पहुँच उपलब्ध गराउने, उनीहरूको समस्या समाधान गर्ने र स्वतन्त्र विद्यार्थी युनियनलाई अझ प्रभावकारी बनाउनु मुख्य उद्देश्य रहेको बताएका छन्।,”
नेविसंघ समर्थित विद्यार्थीहरूले उनको उम्मेदवारीप्रति ठूलो समर्थन जनाएका छन्। “श्रीधर श्रेष्ठ विद्यार्थीका हक र अधिकारका लागि लामो समयदेखि संघर्षरत नेता हुन्। उनको नेतृत्वमा त्रिचन्द्र कलेजका विद्यार्थीहरूले आफ्नो आवाज बुलन्द बनाउन सक्ने,” नेविसंघका एक कार्यकर्ताले भने।
कलेजमा विद्यार्थीहरूलाई अनुकूल शैक्षिक वातावरण उपलब्ध गराउन पुस्तकालय सुधार, डिजिटल शिक्षाको विकास, छात्रवृत्ति व्यवस्थामा पारदर्शिता, परीक्षा प्रणाली सुधार, र अतिरिक्त क्रियाकलाप प्रवद्र्धनलाई प्राथमिकतामा राख्ने बताएका छन्।
त्रिचन्द्र कलेजमा स्ववियु चुनावको माहोल तात्दै गएको छ। विभिन्न विद्यार्थी संगठनहरू चुनावी अभियानमा जुटिरहेका छन्। नेविसंघका कार्यकर्ताहरूले भने श्रीधर श्रेष्ठको नेतृत्वमा विजयी सुनिश्चित गर्ने दाबी गरेका छन्।