फागुन २७ काठमाडौं ।
आज प्रतिनिधिसभाको बैठक बस्दै छ। संघीय संसद भवनमा आज दिउँसो १ बजे बैठक बस्ने भएको छ।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल गर्ने कार्यसूचि छ।
त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको‘आमसञ्चार परिषद् विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।
अर्को वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।
आजको बैठकमा प्रस्तुत भएको विधेयक संशोधनमाथि पनि छलफल हुने सचिवालयले जनाएको छ।
Post Views: 19