फागुन २६ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले सात महिनामा भित्रिएको रेमिट्यान्स सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०८१, ८२ को सात महिनामा ९ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको जनाएको छ।
आज काठमाडौं देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति नेपाल राष्ट्र बैंकले सार्वजनिक गरे अनुसार रेमिट्यान्स ७.३ प्रतिशतले वृद्धि भई ९ खर्ब ५८ करोड पुगेको जनाएको हो।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १८.८ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा रेमिट्यान्स ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ। यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९ खर्ब ८५ अर्ब १७ करोड पुगेको छ।
Post Views: 18