आज बाट सुरु भयो श्रम तथा रोजगार सम्मेलन

फागुन २६ काठमाडौं ।
आज बाट श्रम तथा रोजगार सम्मेलन सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गरेको छन्।

नेपालको श्रम तथा रोजगार क्षेत्रमा संकुचन आएको सन्दर्भमा आयोजित सम्मेलनले रोजगारी सिर्जना गर्न योगदान पुग्ने मन्त्रालयको विश्वास छ।

‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ भन्ने नारासहित २६ र २७ गते दुई दिन सम्मेलन सुरु भएको छ।

सम्मेलनमा रोजगारी र उत्पादनशीलता अभिवृद्धिसँग सम्बन्धित तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता, विज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र तथा युवा गरी करिब ५०० जनाको सहभागिता रहेको छ।

साथै स्थानीय तहका जनप्रतिनिधि, रोजगार सेवा केन्द्रका कर्मचारी तथा अन्य सरोकारवालालाई भर्चुअल माध्यम बाट सहभागी गराइने मन्त्रालयले जनाएको छ।

यो सम्मेलनबाट प्राप्त सुझावलाई आगामी आन्तरिक रोजगार प्रवद्र्धन दश वर्षे रणनीतिक योजनामा समावेश गरिने मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले जानकारी दिएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *