हमासले बन्दक मुक्त नगरे इजरायलले विद्युत् आपूर्ति बन्द गर्ने

फागुन २६ काठमाडौं ।
हमासले बन्दक मुक्त नगरे गाजा क्षेत्रमा इजरायलले विद्युत् आपूर्ति बन्द गर्ने निर्णय गरेको छ।

हमासले मुक्त गर्न बाँकी ५९ बन्धकहरुको रिहाइका लागि दबाव दिन इजरायलले गाजामा भइरहेको बिजुली आपूर्ति बन्द गर्ने निर्णय गरेको हो।

बीबीसीको अनुसार इजरायलले पानीको आपूर्ति पनि बन्द गर्ने विषयमा समेत विचार गरिरहेको जनाएको छ।
गत हप्ता इजरायलले गाजामा राहत सामग्री, तेल र अन्य आवश्यक वस्तुहरू बोकेका गाडीहरूको सडक बन्द गरिदिएको थियो।

इजरायलका ऊर्जामन्त्री एली कोहेनले इजरायल इलेक्ट्रिसिटी कर्पोरेसनलाई गाजामा भइरहेको बिजुली आपूर्ति बन्द गर्न आदेश दिइसकेको बताएका छन्। उनले भनेका छन्, ‘मैले गाजा क्षेत्रका बिजुली आपूर्ति तुरुन्तै बन्द गर्ने निर्णयमा हस्ताक्षर गरिसकेको छु।

उनले भने हामी आफ्नो हातमा रहेका सबै उपाय प्रयोग गर्नेछौं, ताकि बन्धकहरूको रिहाइ होस् र गाजाबाट हमासको अन्त्य सुनिश्चित गर्न सकियोस्।’

इजरायल हमासले युद्धविरामको पहिलो चरण विस्तार गर्न सहमति जनाओस् भन्ने चाहन्छ। तर, हमासले युद्धविरामसम्बन्धी दोस्रो चरणको वार्ता सुरु गरियोस् भन्ने चाहेको छ।

हमासले सन् २०२३ को अक्टुबर ७ मा इजरायल माथि एक्कासी हमला गरेर १० नेपालीसहित १२ सय जनाको ज्यान लिएपछि इजरायलले हमासलाई लक्षित गरी गाजा क्षेत्रमा आक्रमण सुरु गरेको थियो।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *