फागुन २३ काठमाडौं ।
काठमाडौंमा फागुन २६ र २७ गते राष्ट्रिय श्रम रोजगार सम्मेलन आयोजना गर्ने भएको छ।
काठमाडौंमा श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गर्ने घोषणा गरेको हो।
‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ मुल नाराका साथ सम्मेलन आयोजना गर्न लागिएको मन्त्रनलयका प्रवक्ता डण्डुराज घिमिरेले जनाएका छन्।
सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक रोजगार प्रवद्र्धन दशक घोषणा गर्ने कार्यक्रम समेत राखिएको छ।
श्रम मन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी प्रवद्र्धन गर्न सके नै वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सकिने उल्लेख गरेका छन्।
Post Views: 19