फागुन २० काठमाडौँ ।
नागढुंगा सुरुङमार्ग पुनः निर्माणमा स्थानीयले अवरोध गरेका छन्। नागढुंगा–सिस्नेखोला सुरुङमार्ग पुनः निर्माणमा स्थानीयले अवरोध गरेका हुन्।
धादिङतर्फ सुरुङको मुख अगाडि रहेको ‘रोड साइड सर्भिस स्टेसन’ नजिकै घर भएका स्थानीयले क्षतिपूर्तिको माग राख्दै काम रोकेका हुन्।
काठमाडौंको चन्द्रागिरिस्थित टुटीपाखा र धादिङको धुनीबेंसी नगरपालिकास्थित सिस्नेखोलाको दुवैतर्फका सबै काम ठप्प भएका छन्।
स्थानीयले काठमाडौंतर्फ आएर सुरुङ र बलम्बुस्थित किसिपिडीमा निर्माणाधीन फ्लाईओभरको काम सबै ठप्प पारेका छन्।
अहिलेसम्म समग्र सुरुङ निर्माणको प्रगति ८६ प्रतिशत छ। त्यस्तै फ्लाइओभर निर्माणको काम ९६ प्रतिशत सकिसकेको आयोजनाले दाबी गरेको छ।
पछिल्लो केही वर्षयता भने पटक–पटक स्थानीयको अवरोधका कारण निर्माणको कामले गति लिन सकेको छैन। यसको काम ४२ महिनाभित्र सक्ने भन्दै २०७६ कात्तिक ४ मा निर्माण थालिएको थियो।