थापाथली क्षेत्रमा मेलम्चीको पाइप फुटेपछि अस्तव्यस्त

फागुन २० काठमाडौं ।
आज बिहान थापाथली क्षेत्रमा मेलम्चीको पाइप फुटेपछि अस्तव्यस्त बनेको छ। थापाथलीको मुख्य चोकनजिकै मेलम्ची खानेपानीको पाइप फुटेको हो।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलका अनुसार पाइप फुट्नको विस्तृत कारण पत्ता लागि नसकेको जनाएको छन्।

केयुकेएलले काठमाडौं उपत्यकामा घरघरमा पानी पु¥याउन ‘डिआई’ अर्थात् डक्टाइल आइरन पाइप प्रयोग गरेको छ। पहिले जिआई अर्थात् ग्याल्भनाइज्ड पाइप प्रयोग गरिएको थियो। तापक्रम घटबढ हुँदा डिआई पाइप लिकेज हुने सम्भावना बढी हुने केयुकेएलका प्रमुखले जानकारी दिएका छन्।

थापाथली चोकबाट नर्भिक अस्पतालहुँदै पूर्वतिर लाग्ने सहायक बाटोको मुख्य वितरण प्रणालीको पाइप फुटेपछि सडक, तथा निजी आवासमा पानी पसेर जलमग्नकै भएको थियो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *