फागुन १८ काठमाडौं ।
आज बाट देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाले नेपालभर पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली आज बाट सक्रिय नरहने जनाएको हो।
कोशी प्रदेशका हिमाली क्षेत्र बागमती, गण्डकी प्रदेशको हिमाली भेगमा आंशिक बदलीको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। भने बाँकी भागमा मौसम पूर्णतया सफा रहने महाशाखाले जनाएको छ।
हिउँद याममा ६०.१ मिलिमिटर वर्षा हुनेमा यस वर्ष औसतको तुलनामा १८.३ प्रतिशत मात्रै वर्षा भएको छ।
बिहीबारदेखि भित्रिएको प्रणालीले शुक्रबार र शनिबार काठमाडौंमा समेत पानी पारेको थियो।
Post Views: 21