फागुन १७ काठमाडौं ।
सरकारले दल विभाजनसम्बन्धी विधेयक ल्याउँने तयारी गरेको छ। सरकारले सत्ता साझेदार दल कांग्रेस र एमालेको सहमतिमा राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधनका लागि विधेयक ल्याउने तयारी गरेको हो।
सहमति अनुसार राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्ने विधेयकलाई संसदमा अघि बढाउन लागिएको जनाएको छ। यो विधेयकको दफा ३३ को व्यवस्था लामो समयदेखि निस्क्रिय रहँदै आएको छ। सोही दफालाई जगाउनका लागि विधेयक अघि बढाउन लागिएको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका छन्।
केही दफा निस्क्रिय भएको छ। कानूनलाई निस्क्रिय अवस्थामा रहन दिनुहुँदैन। त्यसलाई पुनः जगाउनुपर्छ। त्यसैलाई जगाउनका लागि विधेयक ल्याउन लागिएको गृहमन्त्री लेखकले जनाएका छन्।
निस्क्रिय रहेको दफामा राजनीतिक दल विभाजनसम्बन्धी व्यवस्था छ। दफा ३३ को उपदफा २ मा कुनै पनि दलको केन्द्रीय सदस्य र संघीय सांसदको ४० प्रतिशत सदस्य भएमा अर्को दल गठन गर्न सक्ने व्यवस्था रहेको छ।