फागुन १७ काठमाडौं ।
भोली देखि इस्लाम धर्मावलम्बीहरुको रमजान मुबारक पर्व सुरु हुँदैछ। एक महिनासम्म चल्ने यो पर्वमा इस्लाम धर्मावलम्बीहरूले दिनभर निराहार बसेर महान् पर्व रमजान मुबारक मनाउ छन्।
निराहार बस्नुलाई रोजा भनिन्छ। रोजाको समय दैनिक सूर्य उदाउने समय अगावै बिहान्को नमाज पढ्नु अगावै केही खानेकुरा खाई प्रारम्भ हुने र बेलुका तोकिएको समय नमाजको आजान सुने पछि खोल्ने गर्दछन्।
रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि खाना खाने गर्दछन्। उर्दू क्यालेण्डर अनुसार हिजरी संवत्को रमजान महिना नवौँ महिना हो।
रमजान महिनामा नै मुसलमानहरूको सबैभन्दा ठुलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको मानिन्छ।
दान दिनु गरिब र दीनदुःखीको सेवा गर्नु, जकात निकाल्नु यो महिनाको विशेषता हो। व्रत बस्न आज साँझ मुसलमानहरूले चन्द्रमा हेर्ने गर्छन्।
त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमानहरु रोजा बस्नुलाई गर्व मान्ने गर्दछन्।