फागुन १५ काठमाडौं ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै संस्थानमा देखिएको बेतिथि अन्त्य गरेर नाफामा लैजाने खानेपानी मन्त्रीले प्रतिवद्धता गरेका छन्।
खानेपानी मन्त्री प्रदिप यादवले खानेपानी संस्थानको ३६ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री यादवले नयाँ योजनाका साथ संस्थानमा देखिएको बेतिथि अन्त्य गर्दै घाटामा रहेको संस्थानलाई नाफामा लगेर छाड्ने प्रतिवद्धता जनाएका हुन्।
मन्त्रीले कर्मचारीहरूले संस्थाको हित बिपरित काम गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उने आफू मन्त्रालयमा आएपछि खानेपानीको क्षेत्रमा धेरै सकारात्मक काम भएको कारण जनताको असन्तुष्टि अन्त्य भएको दावी गरेका छन्।
संस्थानलाई कार्यबहाकको भरमा धेरै दिन चलाउन नसकिने भन्दै छिटै महाप्रबन्धक नियुक्त गर्ने मन्त्रीले जनाएका छन्।
Post Views: 60