अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका व्यावसायिक प्रतिनिधिबीच भेटवार्ता

फागुन १५ काठमाडौँ ।
नेपालका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका व्यावसायिक प्रतिनिधिबीच भेटवार्ता भएको छ।

फ्रेडसिप समिट–२०२५ का लागि आएका जापानका व्यावसायिक कम्पनीका प्रतिनिधिले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टाचार भेटघाट गरेका हुन्।

भेटका क्रममा नेपाल–जापान फ्रेन्डसिप समिटले नेपालमा लगानीकर्ताका लागि अनुकूल वातावरण रहेको सन्देश प्रवाह गर्ने र जापानी लगानीकर्तालाई थप लगानी गर्न उत्प्रेरित गर्ने जापानका व्यावसायिक प्रतिनिधिले जनाएका छन्।

भेटमा मन्त्री पौडेलले नेपालको विकासका प्राथमिकताका क्षेत्रमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको समेत बताएका छन्।

विदेशी लगानीकर्ताका लागि जलविद्युत्, पर्यटन र उत्पादनमूलक क्षेत्र पनि लगानीको आकर्षक क्षेत्र रहेकाले यी क्षेत्रमा उत्साहित भएर लगानी गर्न पौडेलले अनुरोध गरेका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *