आज देशको बिभिन्न भू–भागमा चट्याङसहित वर्षाको सम्भावना

फागुन १५ काठमाडौं ।
आज देशको बिभिन्न भू–भागमा चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। मौसमा पूर्वानुमान महाशाखाको अनुसार देशको धेरै ठाउँमा पश्चिमी वायूको आंशिक प्रभावका कारण मौसम बदली हुने जनाएको छ।

पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *