आज महाशिवरात्रि मनाइँदै

फागुन १४ काठमाडौं ।
आज महाशिवरात्रि पर्व मनाइँदै छ। शिवरात्रिको अवसरमा देशभर भएका विभिन्न शिवालयहरूमा भक्तजनहरुले पूजा, आराधना एवं दर्शन गरी मनाउदै छन्।

यसै अवसरमा पाशुपत क्षेत्रमा पनि विशेष अनुष्ठान र पूजा अर्चना हुने गर्दछ। शिवरात्रिको अवसरमा आज बिहानै देखि काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, ललितपरको कुम्भेश्वर लगायतका मन्दिरहरुमा दर्शनार्थीहरुको भिडभाड छ।

आज बेलुकी करिब ६ बजेदेखि पशुपतिनाथ मन्दिरमा प्रहर पूजा सुरु हुन्छ। पहिलो प्रहर पूजा करिब पौने नौ बजे सकिन्छ। नौ बजेको हाराहारीमा दोस्रो प्रहर पूजा सुरु हुन्छ। यो करिब पौने १२ बजे सकिन्छ।

करिब १२ बजेको हाराहारीमा तेस्रो प्रहर पूजा सुरु हुन्छ। पौने तीन बजे हाराहारीमा यो सकिन्छ। चौथो प्रहर पूजा करिब तीन बजेको हाराहारीमा सुरु भई बिहान छ बजेको हाराहारीमा सकिन्छ।

यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको जनाइएको छ।

यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपतिमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *