युएई दूतावासले नेपाली श्रमिकलाई गरायो सचेतना कार्यक्रम

फागुन १२ काठमाडौं ।
युएई दूतावासले नेपाली श्रमिकलाई सचेतना कार्यक्रम गराएको छ। युएईको राउजधानी अबुधावीस्थित नेपाली दूतावासले सरकारले श्रम–सुशासनका क्षेत्रमा लागू गरेका नीतिगत, कानूनी तथा प्रक्रियागत विषयमा श्रमिकलाई सचेतना अभिवृद्धि गराएको हो।

अबुधावी देखि तीन सय किलोमिटर पूर्वमा रहेको उजारेखमा घुम्ति शिविर मार्फत श्रमिक सचेतना तथा राहदानी एवं कन्सुलर कार्यक्रम सञ्चालन गरिएको दूतावासले जनाएको छ।

सामाजिक सुरक्षा कोषमा श्रमिकको आवद्धता, सोको प्रक्रिया, नेपाली राजदूतावास अबुधाबी, नेपाली समाज युएई र गैरआवासीय नेपाली सङ्घ, एनसीसी युएईलगायतका संघ–संस्थाको सहयोगमा उक्त अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको जनाएको हो।

सो शिविरमा तीन सयभन्दा बढी नेपालीलाई नेपाल तथा युएईका विद्यमान श्रम कानूनका विषयमा अद्यावधिक जानकारी गराइएको थियो।

कार्यक्रममा औपचारिक माध्यमबाट विप्रेषण पठाउँदा प्राप्त हुने फाइदा, नेपाली राजदूतावास, युएईबाटनै पुनः श्रम स्वीकृति उपलब्ध गराउने सम्बन्धी व्यवस्था र वित्तीय साक्षरता लगायतका विविध विषयमा सचेतनामूलक जानकारी प्रदान गरिएको थियो।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *