शुक्लाफाँटमा आगलागीका घटना न्यूनीकरण गर्न सचेतना अभ्यास

फागुन ११ काठमाडौं ।
शुक्लाफाँटमा आगलागीको घटना न्यूनीकरण गर्नका लागि सचेतना अभ्यास सञ्चालन गरिएको छ। शुक्लाफाँटा नगरपालिकाले आगलागीको घटना न्यूनीकरणका लागी नमूना कृत्रिम अभ्यास गरेको जनाएको हो।

कृत्रिम अभ्यासमा खाना पकाउने ग्यासबाट हुने आगलागी, वन डढेलो र घरमा आगाली भए कुन तरिकाबाट नियन्त्रण गर्ने भन्नेबारे समुदायको सहभागितामा सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण गर्जमुनीको सहकार्यमा नमूना अभ्यास आयोजना गरिएको हो।

“आगलागीका घटना भएमा कुन तरिकाबाट नियन्त्रण गर्ने, कुन निकायमा खबर गर्ने भन्नेबारे कृत्रिम नमूना अभ्यास गरेर देखाइएको नगरपालिकाको विपद् शाखाका प्रमुख कृष्णप्रसाद भट्टले जनाएका छन्।”

अगालगीबाट हुने मानवीय, पशु चौपाया, धनसम्पत्ति, महत्त्वपूर्ण कागजपत्र, काठपात, अन्न, लुगा फाटो लगायतका क्षति न्यूनीकरण गर्न यस कार्यले सघाउ पुर्याउने उनले बताएका छन्।

कार्यक्रममा आगलागी हुँदा प्रहरीलाई खबर गर्ने, दमकलका लागि नगरपालिकाको विपद् शाखामा खबर गर्ने, घटनास्थलमा पुगेर सुरक्षा निकाय, स्थानीय समुदायले मिलेर आगलागी नियन्त्रण गर्ने, घाइते भए घटनास्थलमै प्राथमिक उपचार गरी एम्बुलेन्स मार्फत अस्पताल पुर्याउने, प्रहरीले क्षतिको मुचुल्का तयार गर्नेलगायत कार्य नमूना अभ्यास गरेर देखाइएको थियो।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, नगरपालिकाका विपद् शाखका कर्मचारी, सामुदायिक वनका पदाधिकारी र स्थानीय समुदायको सहभागिता थियो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *