आज संघीय संसदको दुवै सदनको बैठक १ बजे बस्दै

फागुन ११ काठमाडौं ।
आज संघीय संसदको दुवै सदनको बैठक दिउसो १ बजे बस्दैछ। प्रतिनिधि सभाको दुवै सदनको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे प्रतिनिधि सभा र १ः १५ बजे राष्ट्रिय सभाको बैठक बस्ने भएको हो।

दुवै सदनको बैठकका लागि तय भएको सम्भावित कार्यसूचीमा सरकारले यस अघि ल्याएको अध्यादेश समावेश गरिएको छैन।

यसअघि बसेको सत्तापक्षीय दलहरूको बैठकले अध्यादेशलाई संसदबाट स्विकृतिको प्रक्रिया अगाडि बढाउने निर्णय गरेका थियो।

राष्ट्रिय सभाबाट अध्यादेश स्विकृत हुने अवस्था सुनिश्चित नभईसकेकाले सरकारले अध्यादेश अघि नबढाएको हो।
आजको लागि प्रतिनिधि सभा बैठकमा तीनवटा कार्यसूची छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन २०७९, २०८० पेस गर्ने।

गृह मन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक ,२०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै वनमन्त्री ऐनबहादुर शाहीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *