ताप्लेजुङको पाथीभरा क्षेत्रमा यस वर्षकै बाक्लो हिमपात

फागुन १० काठमाडौं ।
ताप्लेजुङको पाथीभरा क्षेत्रमा यस वर्षकै बाक्लो हिमपात परेको छ। हिजो राति ३७९४ मिटर उचाइमा रहेको पाथीभरा लगायत क्षेत्रमा बाग्लो हिमपात भएको हो।

फागुन महिनामा दोस्रो पटक सामान्य हिमपात भएको थियो। हिजो राति भने निकै बाग्लो हिमपात भएको छ। पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी तथा स्तानीय राजेन्द्र महतका अनुसार गत पुस महिना पहिलो पटक पाथीभरा क्षेत्रमा सामान्य हिमपात भए पनि अहिले परेको थिएन हिजो राति बाट हिउ परेको जनाएको छ।

पाथीभरा क्षेत्रमा बाग्लो हिमपात भएपनि पाथीभरा दर्शन गर्न जाने तीर्थयात्रीलाई भने प्रभाव नपरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए।

उनका अनुसार पाथीभराधामबाट करिब दुई किलो मिटर पदमार्गमा फाइवरको छानो लगाएकाले हिमपात भए पनि तीर्थयात्रीहरू सहजै पाथीभार धामसम्म जान सक्ने जनाएका छन्।

विगतमा भने हिमपात हुँदा बाटो चिप्लने, पदमार्ग नै हिउले पुरेर नदेखिने हैरानी खेप्न परेको थियो। तर, विस्तारै विकास समितिले पदमार्गमा फाइबरको छानो लगाउन थालेसँगै हिमपात तथा पानी पर्दा समेत तीर्थयात्रीलाई सहज भएको स्थानीयको जनाएका छन्।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *