फागुन ९ काठमाडौं ।
स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ। त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव कार्यतालिका सार्वजनिक भएको हो।
आगामी चैत ५ गते हुने चुनावका लागि संघसंगठन समूह दर्ता गर्ने समय फागुन १९ को लागि तोकिएको छ। फागुन २१ मा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको तोकिएको छ।
सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका समेत रहेको छ। फागुन २६ गते उम्मेदवारका लागि मनोनयनपत्र वितरण गर्ने कार्यतालिका छ। प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको छ।
दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने फागुन २८ का लागि तोकिएको छ। सोही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ।
दुवै तर्फको उम्मेदवारको अन्तिम नामावली २९ फागुनमा सार्वजनिक गरिने र, ५ चैतमा बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म मतदान हुने छ।