इसराइललाई हमासले हस्तान्तरण गर्यो बन्धकको शव

फागुन ८ काठमाडौं ।
इसराइललाई हमासले बन्धकको शव हस्तान्तरण गरेको छ। हमासले गजामा मृत्यु भएका चार जना इसराइली बन्धकको शव हस्तान्तरण गरेको हो।

आज दिउँसो रेड क्रसमार्फत ती शवहरू हमासले इसराइललाई हस्तान्तरण गरेको हो। केफिर हमासले बन्धक बनाएर गजा पु¥याउँदा ९ महिनाका मात्रै थिए।

उनीहरू सबैभन्दा कम उमेरका बन्धक भएकाले केफिर र एरियल इसराइलभरि परिचित छन्। उनीहरूको मृत्यु भएको र शव हस्तान्तरण गर्न लागिएको भन्ने खबरले पूरै इसराइल स्तब्ध भएको टाइम्स अफ इसराइको समाचारमा उल्लेख गरिएको छ।

टाइम्स अफ इसराइलका अनुसार सन् २०२३ को अक्टोबर ७ मा इसराइल बाट बन्धक बनाएर हमासले गजा पु¥याएका ३३ वर्षीया शिरि बिबस, उनकी ५ वर्षीया छोरी एरियल र झन्डै २ वर्षका छोरा केफिर सहित ८४ वर्षका ओडेड लिफसिथको मृत्यु भएको थियो।

प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले इसराइलका लागि आज सबैभन्दा दुःखद दिन रहेको बताएका छन्। ’यस कठिन समयमा हाम्रो हृदय शोकमा परेका परिवारहरूसँगै छौं,’ नेतन्याहूले भनेका छन्।

हमासले पहिलो पटक बन्धकको शव छाडेको हो। यसअघि गत शनिबारसम्म हमासले २४ जना बन्धक जिवित छाडेको थियो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *