आज दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ताले शपथ लिइन्

फागुन ८ काठमाडौं ।
आज दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ताले शपथ लिएकी छन्। भारतीय जनता पार्टी (भाजपा) विधायक रेखा गुप्ताले नयाँदिल्लीको मुख्यमन्त्रीमा आज शपथ लिएकी हुन्।

दिल्लीको रामलीला मैदानमा आयोजित शपथ ग्रहण समारोहमा दिल्लीका उपराज्यपाल विनयकुमार सक्सेनाले रेखा गुप्तालाई पद तथा गोपनियताको शपथ गराएका हुन्।

शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसहित भाजपाका नेताहरूको सहभागिता रहेको थियो। दिल्लीको भाजपा संसदीय दलको बैठकले रेखा गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो।

गुप्ता सहित प्रवेश बर्मा, शिखा राय, विजेन्द्र गुप्ता, आशिष सुद, सतिश उपाध्याय लगायत मुख्यमन्त्रीको आकांक्षी थिए। दिल्लीको सत्तामा भाजपा २७ वर्षपछि पुनरागमन गरेको हो।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *