फागुन ८ काठमाडौं ।
गोरखा दरबार संग्रहालय भ्रमण गर्नेको संख्या बढेको छ।
चालु आर्थिक वर्षको साउनदेखि माघ सम्ममा आन्तरिक र बाह्य पर्यटक ७५ हजार ७९१ जनाले दरबार संग्रहालयको अवलोकन भ्रमण गरेको संग्रहालयका प्रमुख जयनारायण कार्कीले जानकारी दिएका छन्।
नेपाल एकीकरणको इतिहास अध्ययन गर्ने थलोका रूपमा विकास हुँदै गएको गोरखा दरबार संग्रहालयमा आठ महिनाको अवधिमा ७५ हजारभन्दा बढीले अवलोकन भ्रमण गरेका हुन्।
संग्रहालयको अनुसार संग्रहालयको भ्रमण गर्नेमध्ये सबैभन्दा धेरै शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरू रहेको जनाएका छन्।
संग्रहालयमा पृथ्वीनारायण शाहको चिना, भाँडाकुँडा, मानापाथी, हातहतियार तथा विभिन्न कलात्मक सामग्रीहरू अवलोकनका लागि राखिएका छन भने काष्ठकलाले भरिपूर्ण तीनमुखे झ्याल, टुँडाल, १६ वटा थामको कलात्मक बरण्डा संग्रहालयको थप आकर्षणका रूपमा रहेको छ।
Post Views: 24