फागुन ७ काठमाडौं ।
इजरायली सेनाले फेरि गाजाको स्कूलमा आक्रमण गरेको छ।
इजरायली सेनाले गाजा क्षेत्रको थाजाको रफाह क्षेत्रमा भएको आक्रमणमा गरेको हो। आक्रमणमा परि दुई जना प्यालेस्टिनीहरूको मृत्यु भएको जनाएको छ।
संयुक्त राष्ट्र संघद्वारा सञ्चालित तीन विद्यालयहरूका साथै एक व्यवसायिक तालिम केन्द्रमा आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ।
इजरायलका विदेशमन्त्री गिदोन सारले गाजा युद्धविराम सम्झौताको दोस्रो चरणको वार्ता यसै साता हुने भनेका छन्। युद्धविरामको दोस्रो वार्ताको तयारी भए पनि इजरायलको आक्रमण जारी छ।
हमासले बिहीबार चार बन्धकहरूको शव र शनिबार थप ६ जना जीवित बन्धकहरूलाई रिहा गर्न सहमत भएको छ। त्यसैले वार्ताका लागि इजरायल लचक भएको हो।
Post Views: 32