आज सेयर बजार नेप्से परिसूचक १२.६८ बढ्यो

फागुन ६ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक १२.६८ बढेको छ। सेयर बजार नेप्से परिसूचक १२.६८ अंक वृद्धिपछि नेप्से २७४० मा कायम भएको हो।

बजारको परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। आज कारोबार १० अर्ब ४३ करोडको भयो। ८७ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो भने ८ को स्थिर रह्यो।

बैंकिङ ०.२२, लगानी १.२४, जीवन बीमा १.७४, निर्जीवन बीमा ०.३० र व्यापार समूह ०.४१ प्रतिशत बढ्यो। नेपाल लघुवित्त, गुराँस लघुवित्त, इमर्जिङ नेपाल र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स १० प्र्रतिशन बढेको छ। लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य ७.३ प्रतिशत बढ्यो।

फाइनान्स १.५, होटल तथा पर्यटन १.०४, हाइड्रोपावर ०.१३, उत्पादन ०.०६, माइक्रोफाइनान्स ०.७९ प्रतिशत घट्यो।भूगोल इनर्जीको ८.९५, एक्सल डेभलपमेन्टको ५.९९ र बोटलर्स नेपाल बालाजुको मूल्य ५.८ प्रतिशत घट्यो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *