परराष्ट्रमन्त्री डा.आरजु राणा र भारतीय विदेशमन्त्री डा जयशंकर बीच भेट

फागुन ४ काठमाडौं ।
आज परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच भेटवार्ता भएको छ। आज ओमनको राजधानी मस्कटमा द्विपक्षीय भेटवार्ता भएको हो।

आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका देउवा र जयशंकर बीच भेट भएको हो।

भेटमा मन्त्री डा. देउवाले भारतसँग भएको ऊर्जा व्यापार सम्बन्धी सम्झौताले नेपालबाट भारत तथा भारत भएर बंगलादेश विद्युत निर्यात प्रवद्र्धनमा सहयोग पुर्याएको भन्दै भारत सरकारलाई धन्वाद ज्ञापन गरेकी थिइन्।

भेटका क्रममा नेपाल र भारत द्धिपक्षयि सम्बन्ध, आपसी हित, साझा चासो र पारस्परिक लाभका विविध विषयमा कुरानकानी भएको थियो।

पछिल्लो समय दुई देश बीचको द्विपक्षीय भेटवार्ता, भ्रमण आदानप्रदान तथा आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो।

हालै काठमाडौँमा सम्पन्न वाणिज्य सचिवस्तरीय तथा भारतको नयाँ दिल्लीमा भएको ऊर्जासम्बन्धी बैठक र तिनको प्रगतिका विषयमा कुरा भएको जनाएको छ।

भेटमा क्रस बोर्डर विद्युत व्यापार निर्माणको मोडालिटीका विषयमा भएको प्रगतिका बारेमा पनि कुराकानी भएको जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *