फागुन १ काठमाडौं ।
आज विश्व रेडियो दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
सन् २०११ मा युनेस्काका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तराष्ट्रिय रेडियो दिवसको रुपमा मनाउन प्रस्ताव गरे पनि राष्ट्रसंघीय महासभाले त्यसलाई २०१२ मा अनुमोदन गरेपछि रेडियो दिवस मनाउन प्रारम्भ भएको हो।
आज रेडियो दिवसको अवसरमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को) को आह्वानमा द्रूत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर मनाइँदै छ।
रेडियोले समाजको विविधताका साथै एकता कायम गर्न, आवाजविहीनहरुको आवज बोल्न, प्रतिनिधित्व गर्न तथा सुन्न र सुनाउन कुनै समयमा निर्वाह गरेको भूमिका अतुलनीय छ।
लोकतान्त्रिक बहसका निम्ति शक्तिशाली मानिने धेरैभन्दा धेरै श्रोतासम्म पुग्ने विश्वव्यापी स्तरमा सबैभन्दा बढी सुनिने माध्यम रेडियो हो।