हमास र इजरायल बिच फेरि युद्ध हुने संकेत

माघ ३० काठमाडौं ।
हमास र इजरायलबीच फेरि युद्ध सुरु हुने संकेत देखिएको छ।  हमासले शनिबार बन्दी मुक्त नगरे फेरि आक्रमण सुरु गर्ने इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले धम्की दिएका हुन्।

यस अघि हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै शनिबार गर्ने भनिएको बन्दीहरुको मुक्ति रोक्ने घोषणा गरेको थियो।

हमासको यो घोषणापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अन्त्यको प्रस्ताव गर्ने बताएका थिए। ट्रम्पपछि इजरायलका प्रधानमन्त्रीले पनि युद्ध अन्त्यको चेतावनी दिएका हुन्। यससँगै युद्धविराम कायम राख्नका लागि कूटनीतिक प्रयास पनि तीव्र भएको छ।

बीबीसीको अनुसार हमासले शनिबार बन्धकहरुलाई मुक्त नगरे पुनः आक्रमण सुरु गर्ने र हमासले पूर्णरुपमा हार स्वीकार नगरेसम्म आक्रमण जारी राख्ने जनाएको छ।

इजरायली प्रधानमन्त्री नेतन्याहुले आफूहरुबाट युद्धविराम उल्लंघन नभएको जिकिर गरेका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *