गोसाइँकुण्डलगायत उच्च हिमाली क्षेत्रस्थित पानीमाथि हिँड्न प्रतिबन्ध

माघ २९ काठमाडौं ।
गोसाइँकुण्ड लगायत उच्च हिमाली क्षेत्रस्थित जमेको पानी माथि हिँड्न प्रतिबन्ध लगाइएको छ।

रसुवाको गोसाइँकुण्डलगायत उच्च हिमाली क्षेत्रस्थित जमेका तालतलैया पानी माथि हिँड्न सर्वसाधारणलाई प्रतिबन्ध लगाइएको हो।

गोसाइँकुण्ड गाउँपालिका प्रमुख कैसाङ नुर्पु तामाङको अनुसार पानी जमेको मौका छोपी तालतलैया माथि सर्वसाधारण हिँड्नेक्रम बढ्न थालेसँगै रामसार क्षेत्रमा सूचीकृत गोसाइँकुण्ड लगायतका तालतलैय माथि हिँड्न सर्वसाधारणलाई प्रतिबन्ध लगाइएको बताएका छन्।

विशेषगरी मङ्सिर, पुस र माघ महिनामा गोसाइँकुण्ड तलाउ जमेको मौका छोपी धार्मिक महत्वको कुण्डमाथि हिँड्नेक्रम बढ्न थालेपछि स्थानीय होटल व्यवसायी समेतको अनुरोधमा प्रतिबन्ध लगाइएको पालिकाले जनाएको छ।

स्थलगत पैदलयात्रा तथा हेलिकोप्टर बाट गोसाइँकुण्ड क्षेत्र पुग्ने अधिकांश भक्तजन जमेको पानी माथि हिँडी नाचेर फोटो खिच्ने थालेपछि सम्भावित दुर्घटनाबाट बचाउन सर्वसाधारणको ध्यानाकर्षण गरिएको स्थानीयले जनाएको छन्।

 

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *