ट्रम्पले हमासले बन्धक रिहा नगरेमा युद्धविराम अन्त्य गर्ने चेतावनी

माघ २९ काठमाडौं ।
डोनाल्ड ट्रम्पले हमासले बन्धक रिहा नगरेमा युद्धविराम अन्त्य गर्ने चेतापवनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्धक रिहा नगरेमा युद्धविराम अन्त्य भएको घोषणा गर्ने चेतावनी दिएका हुन्।

हमासले बन्धक रिहाइ रोक्ने घोषणा गरेको विषयमा इजरायलको तर्फबाट भने प्रतिक्रिया सार्वजनिक भइसकेको छैन।

हमासले बन्धकहरुको रिहाइ स्थगित गर्ने घोषणा गरेसँगै ट्रम्पले प्रतिक्रिया दिंदै बन्दी रिहा नभए युद्धविराम अन्त्य गरेर हमासलाई निमिट्यान्न पार्ने प्रस्ताव राख्न बाध्य हुने चेतावनी दिएका छन्।

इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै हमासले बन्धक रिहाइ बन्द गर्ने घोषणा गरेको छ।

हमासले विज्ञप्ति जारी गर्दै इजरायलले गाजा क्षेत्रका केही स्थानहरुमा गोलाबारी जारी राखेको, विस्थापित प्यालेस्टिनीहरु आफ्नो घर फर्किन ढिलो भइरहेको र मानवीय सहायता पु¥याउन बाधा पु¥याइरहेको आरोप लगाएको छ।

इजरायल र हमासबीच १९ जनवरी २०२५ देखि युद्धविराम कार्यान्वयनमा आएर दुवै पक्षबाट बन्धकहरु रिहा गर्ने क्रम चलिरहेको थियो।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *