माघ २७ काठमाडौं ।
भोली गृहमन्त्रीले पाथीभरा केबलकार विवादका आन्दोलनरत पक्षसँग वार्ता गर्ने भएको छ। भोली सरकारले पाथीभरामा निर्माणाधीन केबलकारको विपक्षमा रहेका आन्दोलनरत पक्षसँग वार्ता गर्ने भएको हो।
नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले ‘नो केबलकार समूह’सँग भोलि साँझ ६ बजे वार्ता गर्ने समय तय भएको जनाएको छ। आन्दोलनरत पक्ष र सरकारका प्रतिनिधिबीच आज तय भएको वार्ता रोकिएको थियो।
उनीहरुले आज साँझसम्मको समय दिएर मन्त्रीस्तरीय या उच्च राजनीतिक वार्ता टोली नबनाए भोलिदेखि आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने तयारी गरेका थिए।
आन्दोलनरत पक्ष र सरकारबीच माघ २५ गते विस्तृत बैठक बस्ने गरि ६ बुँदे सहमति भएको थियो।
Post Views: 199