क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

माघ २७ काठमाडौं ।
क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु होन्डुरासबाट करिब २० माइल (३२.१ किमी) उत्तर र केम्यान टापुबाट १३० माइल (२०९.२ किमी) दक्षिण–पश्चिम रहेको जनाएको छ।

भूकम्पपछि त्यस आसपासका टापुहरूमा सुनामीको चेतावनी दिइएको बीबीसीले जनाएको छ।

भूकम्पपछि केम्यान टापु, कोस्टारिका, कोलम्बिया, होन्डुरास, निकारागुवा, र क्युबा लगायतका क्षेत्रहरूमा सुनामीको चेतावनी दिएको छ।

राष्ट्रिय सुनामी चेतावनी केन्द्रले सुनामीको सम्भावना रहेको बताउँदै सावधानी अपनाउन अनुरोध गरेको छ।

मुख्यगरी केम्यान टापु सरकारले भने अझै पनि सुनामी खतराको अवस्थामा रहेको भन्दै, तटीय क्षेत्रका बासिन्दाहरूलाई स्थलतर्फ सर्ने आग्रह गरेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *