यो साता सेयर बजार १.५ अर्थात् ४२ अंकले वृद्धि

माघ २५ काठमाडौं ।
यो साता सेयर बजार १.५ प्रतिशत अर्थात् ४२ अंक बढेको छ। सेयर बजार यो साता २६९९ अंकमा पुगेको हो। भने साताको पाँचै दिन कारोबार भएको छ।

पहिलो दिन ६९.८० अंक बढेको बजार सोमबार थप २.४१ अंक बढ्यो भने तिन दिन मंगलबार १४.०८, बुधबार ४.४५ र बिहीबार ११.६४ अंक घटेको हो। समग्रमा यो साता सेयर बजारले वृद्धिलाई निरन्तरता दिएको छ।

साता पहिलो दिन आइतबार १२ अर्ब ९५ करोडको कारोबार भयो। जुन कारोबार भदौयताकै उच्च रह्यो। सोमबार ११ अर्ब ८७ करोड, मंगलबार ८ अर्ब ९१ करोड, बुधबार ८ अर्ब ९५ करोड र बिहीबार ९ अर्ब २४ करोडको सेयर कारोबार भएको छ।

 

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *