चैतमा स्ववियु चुनाव गर्न विद्यार्थी संगठनहरु सहमत

माघ २३ काठमडौं ।
चैतमा स्ववियु चुनाव गर्न विद्यार्थी संगठनहरु सहमत भएका छन्। त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्न विद्यार्थी संगठन सहमत भएका हुन्।

शैक्षिक क्यालेन्डरमा फागुन १५ मा स्ववियु गर्ने उल्लेख भएको थियो। तर कानुनी जटिलताले विद्यार्थी कल्याण परिषद्ले चैत ५ मा गर्ने निर्णय गरेको थियो । यसमा विद्यार्थी संगठनले असन्तुष्टि जनाउँदै आएका थिए।

आज विश्वविद्यालयले विद्यार्थी संगठनका प्रतिनिधिहरुसँग छलफल गरेपछि चुनावमा सहभागी हुन विद्यार्थी संगठन तयार भएका हुन्।

कानुनी जटिलता आउने भएकाले अघिल्लो कार्यकालमा भएको समयमा नै स्ववियु निर्वाचन गर्न लागिएको जनाएको छ। यस अघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो।

बैठकले स्ववियु चुनाव निर्देशिका परिमार्जन गर्न कानुनी सल्लाहकारलाई दिने बैठकले निर्णय गरेको छ। स्ववियु निर्वाचन देशभरिका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *