माघ १६ काठमाडौं ।
समाजवादी मोर्चाले चैत २४ गते सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ। मोर्चाले चैत २४ गते सरकारविरुद्ध जनप्रदर्शन सहितको सभा गर्ने निर्णय गरेको हो।
आज नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चा बैठकले वर्तमान सरकारको कार्यशैली र देशमा अहिले देखिएका सबै समस्याका विरुद्ध जनप्रदर्शन सहितको सभा गर्ने निर्णय गरेको छ।
देशमा स्वाधीनताको मुद्दामा समस्या, राज्य सञ्चालकको विधि गणतन्र विरोधी, जनजीविकाको विषय जटिल, बहुदलीय व्यवस्थालाई कमजोर बनाउने देखिएकाले जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरिएको जनाएको छ।
Post Views: 28