माघ १६ काठमाडौं ।
आखिल क्रान्तिकारीको मतगणना अझै अनिश्चित बनेको छ। नेकपा (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा विवाद हुँदा मतगणना सुरू हुन नसकेको हो।
शनिबार मतदान सम्पन्न भएकामध्ये भूगोलका सात प्रदेशको गणना सकिइसकेको छ। तर गैरभूगोलका उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको गणना भने सुरू नै हुन सकेको छैन।
काठमाडौंको भृकुटीमण्डपमा रहेको वाल्मीकि क्याम्पसमा दुई प्रदेशको मतदान भएको थियो। त्यहाँ ५२२ मत खसेको छ। मतदान सकिएर गणना सुरू गर्ने छलफल क्रममा भएको विवाद अहिलेसम्म समाधान नहुँदा तीन दिनदेखि मतपेटिका वाल्मीकिमा थन्किएको छ।
केहीले फरक मसी प्रयोग गरेको तथा केहीले दुवै मसी प्रयोग गरेको खुलेको थियो। छलफलका क्रममा रातो मसीबाहेक अरू मसीको हकमा मतपत्रमा एउटै मसी प्रयोग भएको छ भने त्यसलाई सदर मान्ने भन्ने पक्ष एउटा देखियो भने रातो मसीबाहेक अर्को मसी प्रयोग भएकोलाई बदर मान्नुपर्ने अडान अर्कोले राख्या पछि विवाद भएको हो।
त्यस विषयमा सहमति नजुट्दा गणना अझै सुरू नसकेको हो। प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले सहमति जुटेपछि मात्र मतगणना सुरू हुने बताएका छन्।
सात प्रदेशको मत गणना सकिँदा सापकोटा र राईबीच प्रतिस्पर्धा भूगोलका सात प्रदेशको गणना हुँदा अध्यक्षमा विजय प्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा देखिएको छ।
सापकोटा ४८५ र राईले ४६१ मत ल्याएका छन्। त्यस्तै उपदेश यादवले २२१ र सुदिन पौडेलले १४४ मत प्राप्त गरेका छन्।
विजय प्रकाश सापकोटाले कोशीमा ५७, मधेसमा ४२, बागमतीमा ८७, गण्डकीमा ६०, लुम्बिनीमा ८७, कर्णालीमा ८० र सुदूरपश्चिममा ७२ मत पाएका छन्।
हेमन्त राईले कोशीमा १२६, मधेसमा ४१, बागमतीमा ४८, गण्डकीमा ३९, लुम्बिनीमा ६६, कर्णालीमा ८२ र सुदूरपश्चिममा ५९ मत पाएका छन्।
त्यस्तै उपदेश यादवले कोशीमा ५१, मधेसमा ६७, बागमतीमा ५१, गण्डकीमा १४, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदूरपश्चिममा २३ मत ल्याए।
सुदिन पौडेलले कोशीमा १९, मधेसमा १, बागमतीमा १७, गण्डकीमा ६१, लुम्बिनीमा २२, कर्णालीमा ८ र सुदूरपश्चिममा १६ मत ल्याएका छन्।
अखिल क्रान्तिकारीको नेतृत्व सर्वसम्मत चयन गर्न पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले प्रयास गरेका थिए। प्रयास असफल भए पछि प्रचण्डले उम्मेदवारहरूलाई प्रतिस्पर्धाका आधारमा नेतृत्व छान्न निर्देशन थिए।