माघ १४ काठमाण्डौं ।
रुपन्देही जिल्ला अदालतमा एक करोड धरौटी बुझाएर रवि लामिछाने रिहा भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी मागेको थियो।
लामिछाने हिजै १ करोड रूपैयाँ बैङ्क ग्यारेन्टी बुझाएर छुट्नुभएको हो। यस अघि जिल्ला अदालत कास्की र काठमाण्डौले जस्तै रुपन्देहीले पनि तत्काल प्राप्त प्रमाणबाट रवि लामिछाने ‘कसुर नगरेको मनासिव आधार नदेखिएको’ भन्ने आधार देखाइ धरौटी मागेको हो।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध कसुरमा प्रतिवादी बनाएर ६ गते रुपन्देही जिल्ला अदालचमा मुद्दा दर्ता भएको थियो।
Post Views: 31