माघ १४ काठमाडौं ।
सभामुख देवराज घिमिरेले राष्ट्रिय दलका सचेतकहरुसँग छलफल गर्ने भएका छन्। सभामुख सचिवालयको अनुसार राष्ट्रिय मान्यता प्राप्त दलका सचेतकहरु सँग छलफल तय गरिएको जनाएको छ।
संसदको हिउँदे अधिवेशनको तयारी अन्तर्गत सभामुख घिमिरेले छलफल राखेका हुन्। यस अघि आइतबार सभामुख घिमिरेले सत्तपक्षीय दलका प्रमुख सचेतकहरुसँग छुट्टाछट्टै छलफल गरेका थिए।
छलफलमा प्रमुख पाँच दलका प्रमुख सचेतक र प्रमुख सचेतकलाई बोलाइएको छ । जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन्।
आज सामूहिक छलफल गरेपछि भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको छ। कार्यव्यवस्थाको बैठकले हिउँदे अधिवेशनको पहिलो बैठकको कार्यसूची तय गर्ने जनाएको छ।
Post Views: 55