देशको आर्थिक विकास र समृद्धिको लागि राजस्व संकलनमा सहयोग गर्ने अर्थमन्त्रीको आग्रह

१३ माघ, काठमाडौं ।
देशको आर्थिक विकास र समृद्धिको लागि राजस्व संकलनमा सहयोग गर्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आग्रह गरेका छन्।

आज विश्व भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले राजस्व संकलनमा सहयोगी भूमिका खेल्न निजी क्षेत्रलाई आग्रह गरेका हुन्।

पौडेलले राजस्व चुहावट, अनियमितताका प्रवृत्तिलाई निरुत्साहित गर्दै, वैधानिक प्रणालीभित्र आफ्ना कारोबार सञ्चालन गर्न निजी क्षेत्रका छाता संगठनले आफ्ना सदस्यहरूलाई निर्देशिन दिन आग्रह गरेका छन्।

पौडेलले सरकारले ल्याएका अध्यादेशलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै यस्ता कदमहरू सरकारले आगामी दिनमा पनि अघि बढाउने बताएका छन्।

सरकारले अर्थतन्त्र चलायमान बनाउन चालेका कदमहरू अन्तिम नभएको र आगामी दिनमा अझ बढी काम गर्दै जाने समेत बताएका छन्।

७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा बोल्दै निराशा, अविश्वास र शिथिलताबाट नागरिकलाई मुक्त गर्नुपर्ने दायित्व सरकारसँग रहेको बताएका छन्।

‘समस्त निजामती प्रशासन, भन्सार प्रशासन पनि सरकारको एउटा महत्त्वपूर्ण अंग हो। त्यसकारण आफ्नो जिम्मेवारीलाई महत्त्वका साथ पूरा गर्न्,’ पौडेलले भनेका छन।

पौडेलले सरकारी राजस्व सङ्कलनमा गत वर्षको तुलनामा केही सुधार देखिए पनि चालु आर्थिक वर्षको लक्ष्य भेट्न नसकेको बताएका छन्। भने भन्सार कार्यालय र सुरक्षा निकायबीच समन्वय बढाउनु पर्नेमा पौडेलले जोड दिएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *